Comments Add Comment

Advertisment

SKIP THIS

बैतडीमा बजेट : सबैभन्दा बढी पाटनमा

२१ जेठ , काठमाडौं । संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८९/८० को बजेटअनुसार सबैभन्दा बढी बैतडीको पाटन नगरपालिकामा विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि पाटन नगरका लागि रु ४९ करोड ३६ लाख बजेट विनियोजन भएको छ ।

यस्तै जिल्लाको दशरथचन्द नगरका लागि रु ४७ करोड २९ लाख, पुर्चौंडी नगरका लागि रु ४८ करोड ४९ लाख र मेलौली नगरका लागि रु ३८ करोड १५ लाख बजेट विनियोजन भएको हो ।

गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका लागि रु ३८ करोड ९० लाख बजेट विनियोजन भएको छ । डिलाशैनी गाउँपालिकाका लागि रु ३६ करोड ४४ लाख, पञ्चेश्वर गाउँपालिकाका लागि रु ३० करोड ८४ लाख, सिगास गाउँपालिकाका लागि रु ३२ करोड ३७ लाख, सुर्नया गाउँपालिकाका लागि रु ३२ करोड ४० लाख र शिवनाथ गाउँपालिकाका लागि रु २५ करोड ९९ लाख विनियोजन भएको छ । बैतडीमा ६ गाउँपालिका र ४ नगर गरी १० स्थानीय तह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै