Comments Add Comment

Advertisment

SKIP THIS

रुसले आक्रमण सुरु गरेको सय दिनमा १ करोड ४० लाख युक्रेनी नागरिकले घर छोडे

२२ जेठ , काठमाडौं । संयुक्त राष्ट्रसङ्घले रुस–युक्रेन द्वन्द्वका कारण सय दिनमा झण्डै १ करोड ४० लाखभन्दा बढी युक्रेनी नागरिकले घर छाडेको अनुमान गरेको छ ।

सरकार सञ्चालित युक्रेनफर्म समाचार संस्थाले शनिबार सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार रुस र युक्रेनबीच युद्ध सुरु भएदेखि हालसम्म १ करोड ४० लाखभन्दा बढीले घर छाडेका हुन् ।

युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनका नागरिक अन्य छिमेकी देश र यूरोपका विभिन्न देशम शरणका लागि पुगेका छन् । चाँडै अन्त्य हुने मानिएको रुस युक्रेन युद्ध लम्बिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै