Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

२३ जेठ , काठमाडौं । मोरङको रतुवामाईमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मोरङ प्रहरीका अनुसार रतुवामाई १ मा पर्ने आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक २५ वर्षका राजकुमार शर्माको मृत्यु भएको हो ।

सुनवर्षी ९ का शर्मा भारत अररियाका किसनकुमार कामतलाई मोटरसाइकलमा राखेर उत्तरबाट दक्षिणतर्फ जाँदै थिए। तीव्र गतिमा रहेको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

गम्भीर घाइते शर्मालाई उपचारका लागि रङ्गेली अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । मोटरसाइकलको पछाडी सवार कामत पनि घाइते छन् । उनको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

सवारी दुर्घटनामा एक युवकको मृत्यु

Advertisment