Comments Add Comment

Advertisment

SKIP THIS

फर्पिङको जङ्गलमा दुई जना मृत फेला

२३ जेठ , काठमाडौं । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको जानकारी दिए । उनले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२/२३ वर्षको भएको बताए ।

मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताए । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै