Comments Add Comment

Advertisment

SKIP THIS

असारदेखि डिस होमसँगै डिजिटल प्लेटफर्ममा ‘चिसो एष्ट्रे’ आउँदै

२७ जेठ , काठमाडौं । अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘चिसो एष्ट्रे’ले डिजिटल प्लेटफर्ममा प्रदर्शन यात्रा सुरु गर्दैछ । फिल्म आउँदो असार १ देखि डिसहोमसहित नेट टीभी, मोमो एप लगायतका प्लेटफर्ममा प्रदर्शन हुने भएको छ । गत वर्षको चैत्र ४ मा प्रदर्शनमा आएको फिल्म ‘चिसो एष्ट्रे’ ले समीक्षक मार्फत प्रशंसा बतुलेता पनि दर्शकको चाप हलमा देखिएन । भूपी शेरचनको यही नामको कविताबाट प्रभावित फिल्मलाई दिन्स पाल्पालीले निर्देशन गरेका थिए ।

लेखनसहित उनैको रहेको फिल्ममा दिव्यदेव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल आदि कलाकारको अभिनय रहेको थियो । महेशबाबु तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्मलाई प्रवीन स्याङबो र सुस्मिता पराजुलीले निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै