Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल इन्डोनेसियासँग ७ शून्य गोल अन्तरले पराजित

१ असार , काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार खाएको छ।

कुवेतमा गयराति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको हो।

जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको हो।

यो हारसँगै समूह ए मा रहेको नेपाल अंक बिहीन हुँदै प्रतियोगिता समापन भएको छ। पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४-१ गोल अन्तरले हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै