Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला

२ असार , काठमाडौँ । भक्तपुर जिल्लाको चाँगुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आज बिहान चाँगुनारायण नगरपालिका-२ दुवाकोटकी ४५ वर्षीय कल्पना गुरुङ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

गुरुङ बिहान साढे ६ बजे घरको तेस्रो तलाको बरण्डामा सलको पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेको हो । मृतक गुरुङको शव पोष्टमार्टमका लागि दुवाकोटकै केएमसी अस्पतालमा पठाई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

जंगलमा एक महिलाको शव फेला

Advertisment

छुटाउनुभयो कि? सबै

जंगलमा एक महिलाको शव फेला