Comments Add Comment

Advertisment

SKIP THIS

कालीकोटमा बाढीले बगाउँदा मृत्यु

२ असार , काठमाडौँ । कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्-२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिए ।

विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो । साथमै गएकी मृतक विककी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विक दम्पतीलाई मान्म बजारबाट घर जाँदै गरेका बेला खोलामा बाढी आएर बगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै