३ श्रावण , काठमाडौ । ललितपुर जावलाखेल सदर चिडियाखानाको उत्तर तिरको पर्खाल आडमा दुई तिर साइनबोर्ड जस्तो तारजालीका दुई वटा भागमा सयौं ताल्चाहरु झुन्डिएका छन् ।

त्यहाँ पुग्ने जो कसैलाई पनि सुरुमा किन यति धेरै ताल्चा झुन्डिएका होलान भनेर अनौठो जिज्ञासा लाग्न सक्छ ।ती ताल्चा झुन्डिएको नजिकै सानो एउटा मन्दिर पनि छ । मन्दिर दर्शन सँगै केटा र केटीको नाम लेखेका सयौं ताल्चाहरु लस्करै झुन्डिएका दृश्य छन् ।

ताल्चा झुन्डाउनुको महत्त्व
माया दुई अक्षरले बनेको शब्द हो । जहाँ संसार अटेको हुन्छ । नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल मात्र महसुस् गर्न सकिन्छ । मायामा मान्छेहरु पागल हुने गर्छन् भने कोहि मायामा बाँचिरहेका हुन्छन् । भनिन्छ, माया जाने अमृत हो नजाने विष हो ।यस्तै यस्तै मायाको परिवेशमा एउटा इतिहास राख्न जावलाखेलमा नयाँ चलन सुरु गरिएको रहेछ । जावलाखेलमा कसम खाएर मायाको गाँठो कसिलो बनाउन अचेल प्रेम जोडिहरु एउटा ताल्चा बोकेर त्यहाँ पुग्छन् ।अनि प्रेम प्रेमीको नाम लेखेर एउटा ताल्चा झुन्डाएर हिड्छन ।
परिकल्पनाकार अबधेश बिष्ट
अवधेश विष्ट जावलाखेलका पुरा स्थानीयबासी ,पेशाले नेपाल प्रहरीका डिएसपी ।लभलक (प्रेमको गाँठो ) परिकल्पना मात्रै होइन यसको स्थापना समेत उनै विष्टले गरे । अबधेशका बुवा दिवाकर बिष्टको निधन भएको १४ वर्ष पुरा भयो । उक्त ठाउँमा अबधेशले प्रेमको ताल्चा लक गर्ने ठाउँ स्थापना गर्नुमा उनका बुवा दिवाकर सँग जोडिएका केही आध्यात्मिक संयोग पनि छन्
त्यहि मन्दिर नजिकै छोरा अबधेशले अहिले हजारौं प्रेम जोडिको बाँचा कसमको संगम स्थल बनाए । उक्त ठाउँमा दैनिक मानिसहरुको भिडभाड हुन्छ ।सुरुमा अबधेशले आफ्नो र श्रीमती सीता बिष्ट९अमृता० को नाममा ब्ंक् लेखेर यहाँ राखेका थिए ।
कसरी जाने त प्रेमको ताल्चा झुन्डाउन
जावलाखेल पुगेपछि ललितपुर प्रहरी परिसरको छेउ हुदै सिधै अगाडि बढ्नु पर्छ ।जहाँ चिडियाखानाको पर्खाल छ ।त्यहीँ पर्खालको छेउ हुदै अलिकति अगाडि बढेपछि नजिकै एउटा सानो मन्दिर छ ,त्यहि मन्दिर सँगै देखिन्छन् सयौं झुन्डिएका ताल्चाहरु ।


