Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

३ असार , काठमाडौँ । जिल्लाको हिलिहाङ गाउँपालिका ७ अन्तर्गत मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीवार मोटरसाइकलमा घरबाट सदरमुकाम फिदिम जाने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक हिलिहाङ ४ का ३६ वर्षीय रमेश योङयाको मृत्यु भएको हो । योङयालाई आज बिहान साढे ८ बजे लोकमार्ग अन्तर्गत एक्चेप्पा भिरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याउनासाथ डाक्टरले योङयालाई मृत घोषणा गरेको बताइएको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

सवारी दुर्घटनामा एक युवकको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

करेन्ट लागेर एक युवकको मृत्यु

सवारी दुर्घटनामा एक युवकको मृत्यु

गोली लागेर एक युवकको मृत्यु