Comments Add Comment

Advertisment

SKIP THIS

भैरहवा होटल पौवाको स्वीमिङ्ग पुलमा डुबेर १ जना युवाको कसरी भयो मृत्यु

४ असार , काठमाडौँ । भैरहवाको एक होटेलको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलकाअनुसार होटेल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो ।

गर्मी छल्न स्वीमिङ गर्न पुगेका तुलाधर शुक्रबार साँझ सवा ५ बजेतिर डुबेका थिए । उद्धार गरी अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी पौडेलले बताए ।

सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्य विपरीत संरचना बनाएर होटेल चलाइरहेको छ ।

यसै साता मात्रै बुटवलमा स्विमिङ पुलमै डुबेर एक युवाको मृत्यु भएको थियो ।

-न्युज कारखानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

रोल्पामा भिरबाट लडेर एक युवाको मृत्यु

करेन्ट लागेर एक युवाको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

करेन्ट लागेर एक युवाको मृत्यु

रोल्पामा भिरबाट लडेर एक युवाको मृत्यु