Comments Add Comment

Advertisment

SKIP THIS

क्यानडा र अस्ट्रेलिया लैजाने भन्दै ठगी गर्ने युवक समातिए , ठगिएकालाई उजुरी गर्न प्रहरीको अपिल

५ असार , काठमाडौँ  । एक युवकले विभिन्न महिलाहरूलाई विदेश लैजाने भन्दै ठगी गर्ने गरेको खुलेको छ। जिल्ला प्रहरी परिसर टेकु काठमाडौंको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौंको हाँडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्कीलाई नियन्त्रणमा लिएको हो।

कार्कीले अहिलेसम्म दुई जना महिलाबाट विदेश लग्ने भन्दै पैसा लिएको खुलेको छ। पोखरा महानगरपालिका वडा नम्बर १६ बिरौटा बस्ने २२ वर्षीय एक जना महिलालाई क्यानडामा पठाई दिन्छु भन्दै ठगी गरेका थिए। उनीबाट रुपेशले एघार लाख एकहत्तर हजार रुपैयाँ लिएको उजुरी प्रहरीमा परेको थियो। त्यस्तै, काठमाडौंको पेप्सीकोला बस्ने २८ वर्षीया अर्की महिलालाई पनि डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजान्छु भन्दै ठगी गरेका थिए। उनीबाट पनि ९ लाख पचहत्तर हजार रुपैयाँ लिएर फरार भएका थिए।

रुपेश कार्कीले यस्तै घटनामा अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको हुन सक्ने भएकोले पीडित भए प्रहरीको सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ। रुपेशविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २१ को देहाय २४९ को कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद लिएर अनुसन्धान सुरु गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै