Comments Add Comment

Advertisment

SKIP THIS

विद्यालय आएका शिक्षकको मापसे जाँच

६ असार , काठमाडौँ । आइतबार विद्यालय समयमा गुल्मीको एक विद्यालयका शिक्षकले अन्य शिक्षकहरूसँग हो–हल्ला गरेपछि उनलाई प्रहरी बोलाएर मापसे जाँच गराइएको छ ।

धुर्कोट गाउँपालिका–४ , जैसीथोकस्थित पञ्चायन माध्यमिक विद्यालयका शिक्षक खिमहाहदुर महतलाई वस्तु प्रहरी चौकीका प्रहरीहरू बोलाएर मापसे जाँच गराइएको हो । विद्यालय आउन साथ हाजिर रजिस्टर हेर्दै आफूलाई मर्यादा क्रममा किन तल राखेको भन्दै त्यहाँ उपस्थित दुई तीन जना शिक्षकसँग झगडा गर्न थाले पछि मदिरा सेवनको शङ्का लागेर प्रहरीको शब्दमा मापसे चेक गर्न पठाइएको त्यस विद्यालयले जनाएको छ ।

प्रहरीका अनुसार शिक्षकको रिपोर्टमा मापसे देखिएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र पन्थी मापसेको रिपोर्ट आफूलाई प्राप्त नभएको र यसबारे सोमबार छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै