Comments Add Comment

Advertisment

SKIP THIS

नेपालका उद्योगको आय २७.१ प्रतिशतले वढ्यो

६ असार , काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अंक सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्ष ०७८/०७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत उपयोग गरेको देखाएको छ ।

प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष ०७७/०७८ को दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत बढेको देखिन्छ ।

प्रतिवेदन अनुसार व्यवसायको क्षमता उपयोग सुधारोन्मुख रहेको देखिन्छ । अध्ययन भएको अवधिमा उत्पादनमूलक उद्योगले औसतमा ९.४ प्रतिशत (गत वर्षको सोही अवधिमा ८.६ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औसतमा ९.१ प्रतिशत व्याज तिरेका छन् ।

उत्पादनमूलक उद्योगहरूले आफ्नो चालू पुँजीको ४३.८ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै