Comments Add Comment

Advertisment

SKIP THIS

कपिलवस्तु प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ

४ श्रावण , काठमाडौ । पेस्तोलसहित प्रहरीले कपिलवस्तु नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तु नगरपालिका–११ स्थित जहदी चोकबाट अमेरिकन पेस्तोलसहित जदही चोक घर भएका मातेश्वरप्रसाद यादव उर्फ ‘मन्नु’लाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार ३६ वर्षीय मन्नुको साथबाट पेस्तोल एक थान, म्याग्जिन र चार राउण्ड गोली बरामद गरिएको छ ।

हतियार र लागुऔषध बेच्ने धन्दामा सक्रिय यादव यसअघि पनि दुईपटक पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment