७ असार , काठमाडौं । यही असार ४ गतेदेखि युनिफिल मिसन लेबनानको निरीक्षण भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले युनिफिल मिसन लेबनानमा तैनाथ नेपबाट हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन् ।सो क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त हेडक्वाटरमा कार्यरत नेपाली शान्ति सैनिकहरुलाई सम्बोधन गरेका छन् ।
शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्याएका दुई जना नेपाली शान्ति सैनिकहरु र लामो समयदेखि लेवनानमा नेपाली सेना तथा नेपाली नागरिकहरुलाई सहयोग गरेका तीन जना लेवनानी नागरिकहरु गरी जम्मा ५ जनालाई उनीहरुले पुर्याएको योगदानको कदर स्वरुप ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेका थिए । प्रधान सेनापति महारथी शर्मा तथा भ्रमणदलका सदस्यहरुले सोमबार नै युनिफिल फोर्स हेडक्वाटर नाक्यूराको भ्रमण गरेका छन् ।


