Comments Add Comment

Advertisment

SKIP THIS

जमुनाह प्रहरीले ब्राउन सुगरसहित दुई जना पक्राउ

८ असार , काठमाडौं । नेपालगन्जको जमुनाहबाट लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा १ कौसलीया नगर बस्ने ३० वर्षीय प्रकाश रोकाय तथा , मुगु छ्यानाथ रारा नगरपालिका वडा ३बस्ने ३० वर्षीय श्रीबहादुर खडका रहेका छन् ।

जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । लागु औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा प्रकाश को मलद्वरमा लुकाएर रखी आन्दजी २ ग्राम ब्राउन सुगर फेला परेको जमुनाह प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाँके को हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै