Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा एकैदिन १२ हजारबढी कोभिडका नयाँ संक्रमित फेला

९ असार , काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२,२४९ नयाँ कोभिड संक्रमित फेला परेको बताइएको छ ।

यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ ।

भारतमा बुधबार कोभिडबाट १३ जनाको मृत्यु भएको छ । यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ । कुल संक्रमितको शून्य दशमलब १९ प्रतिशत सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै