Comments Add Comment

Advertisment

SKIP THIS

महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुमा आज नयाँ भवनको शिलान्यास : वरिष्ठ उपरीक्षक जनक भट्टराई

९ साउन ,काठमाडौ । ट्राफिक प्रहरीको कामकाज सहज बनाउनको लागि कुमारी क्लबको संयोजनमा र स्थानीयको सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको हो ।

गुरु पूर्णिमाको विषेश अवसर पारे उक्त भवनको शनिबार ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले शिलान्यास समेत गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै महाशाखा प्रमुख एसएसपी भट्टराईले नागरिकको साथ सहयोग र मायाले नै ट्राफिक प्रहरी अगाडि बढ्ने बताए ।

स्थानीयले गरेको यो सहयोग नागरिक प्रहरी सम्बन्धको एउटा गतिलो उदाहरण समेत भएको भट्टराईले बताए ।सडक दुर्घटना न्यूनीकरण देखि सामाजिक अपराधहरु न्यूनीकरणमा नागरिक प्रहरीको सहकार्य उत्तिकै महत्त्वपूर्ण भएको समेत भट्टराईले बताए ।

उपत्यकाको ट्राफिक व्यवस्थापन विगतको भन्दा धेरै कुरामा सहज भएको र नागरिकको यात्रालाई सुरक्षित बनाउन ट्राफिक प्रहरी तत्लिन भएको भट्टराईको भनाइ छ ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि , भवन निर्माण समिति अध्यक्ष मोहन कुमार बस्नेत ,विषेश सल्लाहकार नानू माया बास्तोला,कालिमाटीका डिएसपी अपिल बोहरा,कलंकीका ट्राफिक इन्चार्ज शंकर खड्का ,पत्रकार लगाएतको सहभागीता रहेको थियोे ।

ट्राफिक प्रहरी सई मिलन सिंहको पहल र क्लबका अध्यक्ष नहकुल हमाल ठकुरीको सहजिकरणमा निर्माण हुन लागेको भवनको लागत अन्दाजी ३५ लाख बराबरमा रहेको छ । एउटा किचन सहित ४ कोठा रहने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment