Comments Add Comment

Advertisment

SKIP THIS

रिहा गरेको घटना सार्वजनिक भए लगतै पुन नियन्त्रणमा , रंगेहात पक्राउ परेका विचाैलीयाबिरुद्ध कारवाही बढाउन प्रहरीको आनाकानी

१० असार , काठमाडौं । १ लाख २५ हजार घुससहित रंगेहात पक्राउ परेका वीरगञ्जस्थित नापी कार्यलयका विचौलीयालाई रिहा गरेको घटना सार्वजनिक भए लगतै पर्सा प्रहरीले उनलाई पुन नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली निवासी ६० वर्षीय दिनेश पाण्डे भनिने उमा पाण्डेलाई पीडित पक्षबाट जाहेरी नआएपछि आवश्यक अनुसन्धानको लागि पुनः हाजिर हुनेगरि प्रहरीले बुधबार रिहा गरेको थियो । तर रिहा भएको घटना स्थानीय संचारमाध्यममा सार्वजनिक भएपछि पाण्डेलाई फेरि नियन्त्रणमा लिएको हो ।सेवाग्राहीको गोप्य सूचनाको आधारमा वीरगञ्जका केही पत्रकारको टोलीले आरोपित उमालाई मंगलबार साझँ ५ बजेतिर आदर्शनगरस्थित एभरेष्ट बैंकबाट सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फेला पारेका थिए ।उनले रामनारायण झासंग १ लाख २५ हजार नगद रुपैया घुस लिई रहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यलय पर्साको मातहत रहेको वडा प्रहरी कार्यलय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ललाई बुझाएका थिए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवाका सेवाग्राही रामनारायण झालाई नयाँ नापीको लालपुर्जाका लागि विगत ३ महिनादेखि कार्यालय धाउँदा समेत नापीका कर्मचारीले उनको कामको लागि आलटाल गरिरहेका थिए । सोही अवस्थामा लामो समयदेखि सेवाग्राहीसँग काम गरे वापतको घुस लिएका थिए । उमाले सेवाग्राही झालाई आफू नापी कार्यलयमा कार्यरत कर्मचारी भएको बताउँदै लालपूर्जा बनाईदिन्छु भन्दै १ लाख २५ हजार रुपैया घुस मागेका थिए ।
हुन त नापी कार्यलयमा हुने गरेका यस्ता खालका घटनाहरु कुनै नौलो होइन ।

विगतमा पनि कर्मचारीहरुले सेवाग्राहीसंग काम गरे बापतको बढी रकम लिने गरेको विषयहरु विभिन्न संचारमाध्यममा सार्वजनिक नभएको होइन । पर्सा जिल्लास्थित नापी तथा मालपोत कार्यालयमा मौलाएको भ्रष्टाचारीकै कारण समय समयमा अख्तियार आयोगको छापा पर्ने गरेको छ ।अख्तियारको छापाकै डरले यतिबेला कमाउ कार्यालयका कर्मचारीहरुले बिचौलिया राखेका हुन्छन ।यस विषयमा नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठले आफूलाई यो घटना थाहा नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै