Comments Add Comment

Advertisment

SKIP THIS

७ गोरुगाडासहित ३० थान सालका गोलिया बरामद

१० असार , काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका ३ रानीकुन्डाको खल्लाखेत्बाट ३० थान सालको गोलिया बरामद गरिएको छ । आज बिहान ४ बजे ७ वटा गोरु गाडामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा गोलिया बरामद गरिएको हो ।

सब डिभिजन वन कार्यलय बर्दगोरिया र सब डिभिजन वन कार्यालय साडेपानीको संयुक्त नियमित गस्ती टोलीले गोरुगाडा सहित ३० गोलिया सालका २१९.९० क्यूफिट काठ बरामद गरेको हो । काठसहित ३ जना पक्राउ परेको सव डिभिजन वन कार्यालय बर्दगोरियाका सहायक वन अधिकृत गौचरन चौधरीले जानकारी दिए ।

पक्राउ पर्नेमा बर्दगोरिया ६ विशालनगर बस्ने ४० दिर्घ विक, ३८ वर्षीय रमेश विक र ३६ वर्षीय अर्जुन विक रहेका छन् । बाँकी ४ जना भने फरार रहेका चौधरीले जानकारी दिए । बरामद काठ र गोरुगाडा सव डिभिजन वन कार्यालय बर्दगोरिया कम्पाउन्डमा राखिएको छ भने पक्राउ परेका ३ जनालाई आज नै थप कानुनी कारबाहीका लागि धनगढी चलान गरिएको छ । फरार ४ जनालाई छिट्टै कानुनी दायरामा ल्याइने डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै