Comments Add Comment

Advertisment

SKIP THIS

किसानलाई रासायनिक मल पाउन सकस

११ असार , काठमाडौं । असार मानो रोपेर मुरी फलाउने समय हो। असार १५ गते रोपाइँ दिवस मनाइन्छ । उक्त दिवस आउन चार दिन बाँकी छँदा पनि अहिलेसम्म किसानले रासायनिक मल पाउन नसक्दा अहिले उनीहरूको चित्कार चुलिएको छ । समयमै रासायनिक मल उपलब्ध नभएपछि यस वर्ष धानको उत्पादनमा गिरावट आउने देखिन्छ । अहिलेको जनसङ्ख्यालाई धान्न झन्डै ६३ लाख मेट्रिकटन धान आवश्यक पर्छ । नेपालमा धानको उत्पादन प्रतिवर्ष वार्षिक ५२ देखि ५५ लाख मेट्रिकटन छ ।

किसानले रासायनिक मल सजिलैसँग पाउन नसकेको धेरै वर्ष भइसकेको छ । ‘राज्य सचेत नहुँदा किसानले मल पाउन नसक्नु छेपाराको उखान जस्तै बनेको छ’, उनले भने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री । विगतका वर्ष लगातार किसानले रासायनिक मल पाउन सकेका थिएनन् । यो अहिलेको मात्र समस्या होइन तर पनि राज्यका अधिकारी किसानको मर्का विगतका वर्षदेखि नै बुझ्दै आएको जिकिर गरेपनि पछिल्लो पटक कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सामग्री केन्द्र र ठेकेदारको उदासिनताले गर्दा किसानले मल नपाएर पीडित बनेका हुन् ।

‘किसानका गुनासा सडकदेखि सदनसम्म उठेका छन् तर सरकार कानमा तेल हालेर बसेको छ’, किसानका नेता उद्धव अधिकारीले भने। कृषिमा वर्षैपिच्छे आयात बढ्दै छ । गत वर्ष रु ३४ अर्बको धान-चामल आयात भएको थियो भने चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्त) सम्ममा रु ४५ अर्बको धान-चामल आयात भइसकेको छ । नेपाल कृषि प्रधान देश हो । आम नेपाली अर्थात् हाल ६२ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् । आजभन्दा ठीक ५४ वर्ष पहिले अर्थात् विसं २०२५ मा ९३ प्रतिशत जनता कृषि पेशामा संलग्न थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै