Comments Add Comment

Advertisment

SKIP THIS

साताको पहिलो दिन नेप्से परिसूचक ९४ अंकले बढ्यो

१२ असार , काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । लगानीकर्ताहरूको १९ बुँदे माग पूरा गर्ने सम्बोधन भएसँगै आइतबार पुँजी बजारमा सुधार आएको हो ।

नेप्से परिसूचक ९४ अङ्कले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको एकै दिन ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख, ङादी ग्रुप पावरको ८ करोड ३३ लाख, नबिल बैंकको ६ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको ५ करोड ४१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै