Comments Add Comment

Advertisment

SKIP THIS

ज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा

१२ असार , काठमाडौं । ज्योति विकास बैंकले आइतबार बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

शाखाको समुद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल र बैंकका सञ्चालक नरेश राज आचार्यले संयुक्त रूपमा गरे ।उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेसीशहर शाखाका ग्राहकहरुको निमित्त शून्य मौज्दातमै क्युआर कोड नि:शुल्क डलर कार्ड जारी, निस्शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क डेबिट कार्ड, नि:शुल्क मोबाइल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरूमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै