Comments Add Comment

Advertisment

SKIP THIS

डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित

१५ असार , काठमाडौं । ललितपुरमा पैदल हिंहिरहेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले बताए ।

डाक्टर कुलबहादुर घिसिङ्गले ट्राफिकले कुट्यो भनेर निवेदन दिएको बताउँदै शर्माले भने, ‘ट्राफिकले पनि त्यत्तिकै त नकुट्नु पर्ने हो यो विषयमा ट्राफिक प्रहरीलाई निलम्बन गरेर अनुसन्धान शुरु गरेका छौं ।’

आइतबार ड्यूटी सकेर पैदल हिँडिरहेका डा. घिसिङलाई ललितपुर एकान्तकुना यातायातको बाटोमा ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै उनका आफन्तले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका थिए ।

निवेदनमा आक्रमण गर्ने ट्राफिक प्रहरी राजेन्द्र थापालाई आवश्यक कारबाही गर्न र घाइतेलाई सुरक्षासहित उपचार खर्च दिलाउन माग गरिएको छ । निवेदन कुटाइ खाने डाक्टर घिसिङका दाइले हालेका हुन् ।

निवेदनमा पुल्चोकस्थित आरोग्य फाउन्डेसनमा कार्यरत डाक्टर घिसिङ ड्यूटी सकेर पैदल घर फर्कने क्रममा एकान्तकुना यातायात कार्यालयको बाटोमा कुटपिट गरिएको उल्लेख छ ।

घर फर्किदै गर्दा चेकिङमा रहेको ट्राफिक प्रहरी जवान थापाले ‘किन ठोकिएर हिँडेको’ भन्दै निहुँ खोजेर कुटपिट गरेका हुन् । प्रहरी जवान र चिकित्सकको बीचमा सहमति नभएपछि निलम्बन गरेर थप अनुसन्धान अघि बढाइएको एसपी शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै