Comments Add Comment

Advertisment

SKIP THIS

दुई महिनामै पाँच हिमाल आरोहण गरी विश्वकीर्तिमान

९ साउन , काठमाडौँ । आरोही गाइड पासदावा शेर्पाले ६९ दिनमा ८ हजार मिटर माथिका पाँच वटा हिमालको आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ। सङ्खुवासभा मकालुका ३१ वर्षीय शेर्पाले शुक्रबार बिहान विश्वकै अग्लो हिमाल केटुको आरोहण गरेसँगै उहाँ छोटो समयमा पाँच अग्ला हिमाल आरोहण गर्ने आरोही बन्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

शेर्पाले यसै वर्षमा दुई वटा कीर्तिमान राख्न सफल हुनुभएको छ। विश्वकै अग्ला १४ मध्येको पाँच वटा हिमालहरु र अग्ला मध्य पहिलो सगरमाथा, केटु र कञ्चनजङ्घा हिमालको छोटो समयमा आरोहण गर्नुभई कीर्तिमान कायम गर्नुभएको उहाँ सम्बद्ध कम्पनी एट के एक्पिडिसनका निर्देशक लाक्पा शेर्पाले जानकारी दिनुभयो।

शेर्पाले सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु आरोहण गर्नुभएको हो। शेर्पाले मे १४ मा कञ्चनजङ्घा, मे २२ मा सगरमाथा, ल्होत्से, मे २७ मा मकालु र जुलाई २१ मा केटु हिमालको आरोहण गर्नुभएको थियो। यसअघि निर्मल पुर्जाले ७० दिनभित्र सोही हिमालहरु आरोहण गरी विश्व कीर्तिमान रेकर्ड राख्नुभए पनि यो रेकर्ड शेर्पाले तोड्नुभएको छ।

यस अघि २८ अप्रिलमा अन्नपूर्ण, मे ८ मा धौलागिरी एक, र जुलाई १ मा नंगा पर्वतको आरोहण गरिसक्नुभएको छ। शेर्पाले अग्ला १४ हिमाल आरोहणको लक्ष्य लिनुभएसँगै उहाँले बाँकी ८ हजार मिटर माथिका हिमाल आरोहण निरन्तर गर्ने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै