Comments Add Comment

Advertisment

SKIP THIS

टेष्टराइडको बहानामा मोटरसाइकल चोरेर भागेका किशोर पक्राउ

१६ असार , काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका–८ रामापुरबाट एकजना किशारले ‘कन्डिसन चेक गर्छु’ भनेर मोटरसाइकल नै लिएर भागे । असार १३ मा काठमाडौं आउँदै गरेका दाङ बस्ने दिल बहादुर बिकको बा.५१ प ७४४३ नम्बरको भिआर मोटरसाइकल लिएर भागेका हुन् ।

टेष्ट राईडको बहानामा मोटरसाइकल लिएर भाग्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । सैनामैना नगरपालिका–८ घर भएका किशोरलाई चोरेको मोटरसाइकल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले बताए ।

विदेश जानुपर्ने भएकाले दिलबहादुरले सो मोटरसाइकल बेच्न सामाजिक संजालमा सुचना पनि राखेका थिए । काठमाडौं आउने क्रममा चिया पिउन रोकिएको अवस्थामा आएका ति किशोरले ‘कस्तो राम्रो मोटरसाइकल ?’ भन्दै किन्ने बताएका थिए । ९० हजारमा किनबेच गर्ने कुरा भएपछि ति अपरिचित किशोरले ‘कन्डिशन चेक गर्छु’ भनेर मोटरसाइकल लिएर भागेका हुन् ।

असार १५ मा आरोपीलाई रुपन्देहीको कञ्चन गाउँपालिकाबाट पक्राउ गरेर चोरी मुद्दामा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै