Comments Add Comment

Advertisment

SKIP THIS

चन्द्रागिरि नगरपालिकाद्वारा आफ्नै नयाँ कलात्मक भवनबाट सेवा शुभारम्भ

२४ माघ, काठमाडौ । काठमाडौं जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको ‘चन्द्रागिरि नगरपालिका’ले आफ्नै नयाँ प्रशासकीय भवन बनाएको छ । उपत्यकाको मौलिक, सांस्कृतिक एवम् कलात्मक आँखि झ्याल शैलीमा नवनिर्मित छ तलाको सोही भवनबाट अब नगरको दैनिक कार्यसम्पादन तथा सेवा प्रवाह हुने छ ।

भवनबाट पशु सेवा कार्यालय बाहेक अन्य सेवा नगरवासीले एकीकृत रुपमा पाउने छन् । यस अघि नै पशु सेवा कार्यालयको भवन रु १ करोड ५७ लाख लागतमा सम्पन्न भइसकेको जनाइएको छ । चन्द्रागिरि– १२ गुर्जुधारामा रहेको सात रोपनी जमिन मध्ये तीन रोपनीमा प्रशासकीय भवन बनेको छ भने चार रोपनीमा बाहिरी बगैँचा लगायतको संरचना निर्माणाधीन छन् ।

काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर ‘चन्द्रागिरि नगरपालिका’ बनाइएको थियो । बाल, जेष्ठ नागरिक र अपाङगता मैत्री नवनिर्मित भवन अधिकांश नगरवासीलाई पायक पर्ने स्थानमा बनेको नगरवासीको ठम्याइ छ ।

भूकम्पप्रतिरोधि र अग्नी नियन्त्रक उपकरण जटित सो भवनमा करिव २०० क्षमताको सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ’ छ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख घनश्याम गिरीले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा भवनको उद्घाटन गरे । उनीहरुले नै विसं २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गरेका थिए।

कार्यक्रममा नगरपालिकामा कार्यरत कम्प्युटर अधिकृत (सातौँ तह) का सीताकुमारी कार्की र थानकोट अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्मालाई जनही रु ५० हजार नगद सहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै