Comments Add Comment

Advertisment

SKIP THIS

जमुनाह इन्चार्ज वरिष्ठ सइ रिजालको ठुलो सफलता कन्टेनरसहित २५० बोरा अफिम पक्राउ

(महेन्द्र सिंह ) बाँके । नेपालबाट सिल गरेर भारत तर्फ जाँदै गरेको कन्टेनर नेपालगन्जको ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले नियन्त्रणमा लिएको छ ।

निकासी प्रमाणिकरण बिनाको लकमा सिल गरिएको कन्टेनर जमुनाहा नाकाबाट भारत जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

निकासी प्रमाणपत्र बिना नै लोड गरि सिल गरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख वरिष्ठ सइ माधव रिजालले जानकारी दिनुभयो ।

कन्टेनरमा पहाडी उत्पादन जस्तो देखिने गेडागुडी फेला परेको र त्यसको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । पहेलो गेडागुडी जस्तो सामान भेटिएको जानकारी दिदै उहाँले परिक्षणपछि मात्र त्यसको पहिचान हुने बताउनु भयो ।सामान लोड भएको र सिलबन्दी गरिएको कन्टेनर भन्सार कार्यालय नेपालगन्ज पार गरेर सीमानाका पार गर्ने बेलामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतले पहेला गेडागुडी अफिम हुन सक्ने आशंका गरेको जनाएको छ। कन्टेनरमा २५० बोरा फेला परेको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै