Comments Add Comment

Advertisment

SKIP THIS

बचतकर्ताको लाखौं रकम हिनामिना गर्ने सहकारीका कर्मचारी मोरङको सुन्दरहरैँचाबाट पक्राउ

१८ असार , काठमाडौं । बचतकर्ताको लाखौं रूपैयाँ हिनामिना गर्ने सहकारीका एक जना कर्मचारीलाई प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले सुन्दरहरैँचा–७ गोठगाउँका २४ वर्षीय विवेक भुजेललाई पक्राउ गरिएको जानकारी दिए । भुजेल सुन्दरहरैँचा–६ स्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गोठगाउँ सेवा केन्द्रका सहायक कर्मचारी हुन् ।

सहकारीका सचिव यमप्रसाद सिग्देलको जाहेरीका आधारमा पक्राउ गरेर उनीमाथि अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले बताए । जम्मा गरेको रकम बचतकर्ताले आफ्नो खातामा नभएको थाहा पाएपछि सहकारीलाई गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै