१९ असार , काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग नेपालको मुख्य गुप्तचर निकाय हो । यो गृह मन्त्रालय अन्तर्गत रहँदै आएकोमा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको छ ।
प्रजातान्त्रिक शासन प्रणालीको उदय हुनुपूर्व नेपालको राज्य सञ्चालनमा गुप्तचर सम्बन्धी कार्य पक्कै हुने गरेको विश्वास गरिएता पनि वैधानिक रुपले संस्थागत तबरमा यो कामको प्रारम्भ प्रजातन्त्रको स्थापना पछि मात्र हुन गएको पाइन्छ ।
मुख्यतया वि.सं. २०१७ सालमा नेपालमा भएको राजनीतिक परिवर्तन पश्चात् देशको राष्ट्रिय सुरक्षा तथा संविधानले परिलक्षित गरेका उद्देश्य एवं काम कारबाहीका विश्वसनीय कार्यान्वयनमा नेपालको यो संस्थाले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
यी हुन् राष्ट्रिय अनुसन्धान विभागका हालसम्मका प्रमुखहरु:
१. हर्कबहादुर थापा
२. रामप्रसाद श्रेष्ठ
३. चन्दबहादुर राई
४. लेखबहादुर पाण्डे
५. विष्णुराज पन्त
६. हरिबहादुर चौधरी
७. देवीराम शर्मा
८. धनसिंह कार्की
९. अशोकदेव भट्ट
१०. मोती गुरुङ
११. जितबहादुर केसी
१२. दिलीप रेग्मी
१३. गणेशप्रसाद अधिकारी
१४. यदुलाल खरेल (बहालवाला मुख्य अनुसन्धान निर्देशक)



