Comments Add Comment

Advertisment

SKIP THIS

सडकमा मकै पोल्ने दम्पतीले प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै थप कारबाही अगाडी बढाइने

१९ असार , काठमाडौं । प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै बालुवाटारको सडकमा मकै पोलेर बेच्दा काठमाडौं महानगरको नगर प्रहरीको लछारपछारमा परेका दम्पतीमाथि थप कारबाही गरिने नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताएका छन्।

‘उहाँहरूले प्रहरीमाथि अगुल्टोले हान्नुभएको छ,’ उनले भने,‘तातो चिम्टाले पनि घोचेका छन्। प्रहरीको लुगा पनि पोलिएको छ।’ नियमविपरीत काम गरेका उनीहरूलाई हटाउन खोज्दा प्रहरीलाई दुर्व्यवहार गरिएको सापकोटाले दाबी गरे।

नेपाल प्रहरीको सहयोगमा उनीहरूमाथि कारबाहीको प्रक्रियामा अघि बढाइने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै