Comments Add Comment

Advertisment

SKIP THIS

सुन्दा अचम्म नमानौं !

१. जापानले पृथ्वी, चन्द्रमा र मंगल ग्रहबीच रेल चल्ने योजना अघि सारेको छ तर नेपालमा भने रेलको कुरा गर्दा बैज्ञानिक बिज्ञहरु कागजको रेल बनाएर भृकुटीमन्डपमा प्रदर्शन गरे तर अहिले त्यही योजना अघि सारेका छन ।

२. अचम्म नमान्नुहोला ! प्रदेश सरकारले गाडी खरिदमा मात्र सवा ६ अर्ब खर्चेको बिबरण छ । अब भन्नुहोस लगभग ३ करोड् जनसंख्या भएको मुलुकमा माथिल्लो तहदेखि तल वडा सदस्यसम्मका जनप्रतिनिधिहरु जम्मा ३६३१९ जना छन । एउटा नगर प्रमूखले मात्र करोड भन्दा घटिको गाडी प्रयोग गर्दैनन भने माथि उल्लेखित खर्च सामान्य नै मान्नुहोस ! अन्य खर्चको विवरणको त अनुमानै गर्न कठीन छ ! जनताको लागी अझै गाँस, बास, कपास, स्वास्थ्य , शिक्षा र रोजगारीको भोकमरी कायमै छ तर उता सरकारी अधिकारीहरु खर्च गर्ने ठाउँ नपाएर असारे बिकासको नाममा जथाभावी खर्चेर हरेक तरकारीमा आलुको रजाई पो छ । अनि प्रदेश केका लागि ?

३. नेपाली जनतालाई जसरी एमसीसीवारे झुक्याइयो त्यसरी नै मन्त्रीपरीषदको निर्णयबमोजिम एसपीपी अनावश्यक हो भनेर पररास्ट्रले अमेरिकालाई पत्र लेख्ने भनिएतापनि अझै गुमराहमा सरकार ! हिजोको प्रतिनिधिसभाको बैठकमा सांसद डा. भीम रावलले यो कुरा उठाउँदा सुनुवाई नभए रोस्टम छोडेनन र बैठक स्थगित भयो । सरकारको लागि यहांभन्दा लज्जास्पद कुरा के त ?

४. गोरखाको एउटा गाउँपालिकामा २६ वटा हेलिप्याड !

५. अहिले विशेषगरी २२ वर्षभन्दा कम उमेरका किशोर किशोरीहरुको आत्माहत्या गर्ने क्रम बढ्दो छ । कारण: नचाहिंदो तथा अपत्यारिलो पारिवारिक दवाब , रवाफ र सामाजिक सन्जालको तडक भडक !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै