प्रेरणादायी वा प्रेरक भनाईहरु भन्ने बित्तिकै, “कुनै पनि कुरा जस्ले हामीलाई प्रेरणा दिन्छ र आफु भित्र सकारात्मक सोच विकास गर्नुका साथै हाम्रो हौसला बढाउँन र हामीलाई प्रेरित गर्न सहयोग गर्छ भने”, त्यस्ता भनाईहरुलाई हामी प्रेरणादायी वा प्रेरक भनाईहरु भन्ने गर्छौ ।
संसारमा यस्ता अनगिन्ति भनाईहरु भनिएका छन, जस्ले हामीलाई प्रेरणा त दिन्छ नै साथै आफुमा विश्वास राखन र सकारात्मक भएर काम गर्न प्रेरित गर्छ। यस्ता भनाईहरु हामीले बिभिन्न माध्यमबाट पढ्न र सुन्न सक्छौ ।
यदि हामीले, त्यस भनाईको अर्थ बुझ्न सक्यौ भने त्यी भनाईहरुले हामीलाई ज्ञान त दिन्छन नै साथै प्रेरणा पनि दिने गर्छन । यहाँ हामीले पनि हाम्रो ज्ञान बढाउने र प्रेरणा दिने १५ प्रेरणादायी भनाईहरु प्रस्तुत गरेका छौ ।
१) ब्यबहार यति सरल बनाउनु कि सबै तिमी संग बस्न सकुन र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोहि बसी नरहून ।
२) अरुको कथा सुनेर सन्तुष्ट भएर नबस, तिमी आफ्नो कथा बनाउन लागि पर ।
३) जसले तिमीलाई डर देखाउछन वा दुखी बनाउछन, उनीहरुको वास्ता नगर ।
४) साधारण जीवन भएका मान्छे सुखी हुदैनन् तर खुशी अवश्य हुन्छन् ।
५) लडाई चाहे कुनै पनि होस् तर जो लड्छ उसले केहि न केहि गुमाएकै हुन्छ ।
६) कान मा तेल हालेर आफ्नो अभियान लागिरहनुस असम्भव केही छैन ।
७) दियो बोल्दैन किनकि उसको प्रकाशले उसको परिचय दिने गर्छ । त्यसैगरी तपाईको पनि शब्दले होइन तपाईको राम्रो कर्मले परिचय दिने गर्छ ।
८) मजाक अनि माया त्यो संग गरिन्छ जसलाइ आफ्नो मानिन्छ ।
९) जसलाई सपना देख्ने सोक छ उसलाई रात छोटो लाग्छ र जसलाई सपना पुरा गर्ने सोक छ उसलाई दिन छोटो लाग्छ ।
१०) कसैले भने तिम्रो आखा धेरै सुन्दर छन् भनेर, मैले भने झरी पछिको मौसम पनि सुदर देखिन्छ ।
११) जीवन उस्को सुद्रिनेछ, जस्ले आखा बन्द हुनु भन्दा पहिला आफ्नो आखा खोल्ने छ ।
१२) लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ ।
१३) निरास नहुनुस जिन्दगी देखि दुख सुख त आउछ जान्छ तर जिन्दगी नै गयो भने त धेरै रहरहरु अधुरा रहन्छन ।
१४) सपना साचो गर्नु छ भने सपना देख्नुपर्दछ ।
१५) गल्ती गर्नु अपराध होइन तर गल्ती लाइ स्वीकार नगर्नु अपराध हो ।