Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा अवैध रूपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद

१ जेठ , काठमाडौ । सशस्त्र प्रहरीले अवैध रूपमा ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको छ ।

कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिका ७ स्थित कोटियाबाट जेठ १ गते सशस्त्र प्रहरीले करिब १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको हो ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको टायल, मेट्रिस र फेन्सी तथा कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुले बरामद गरेको हो ।

यसैगरी सोही जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट जेठ १ गते सशस्त्र प्रहरीले करिब ४४ हजार रुपैयाँ बराबरको मोटरपार्टस बरामद गरेको छ । भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोटरपार्टस सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुले बरामद गरेको हो ।

बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment