
९ मंसिर, काठमाडौ । भारतबाट भन्सार छली नेपाल भित्र्याएको मालसामान शसस्त्र प्रहरीले धनुषाको बिदेह नगरपालिका-९ स्थित खरियानीबाट ठूलो परिमाणमा बरामद गरेको छ ।

बरामद गरेको कपडाको भन्सार मुल्य ७ लाख ६२ हजार ७ सय साठी रुपैया रहेको शसस्त्र प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको स्क्वार्ड टोली, शसस्त्र प्रहरी नं। ८ गण धनुषा र बीओपी ठाढी झिझा(धनौजी)बाट संयुक्त रुपमा खटिएको टोलीले उक्त परिमाणका कपडा पक्राउ गरेको हो ।

केही दिन अघि मात्रै धनुषाको बिभिन्न नाकाहरुबाट ब्यापक तस्करी भइ रहेको भन्ने स्थलगत रिपोर्ट न्युज24ग्यालेक्सी डट.कम मा छापिएपछि शसस्त्र प्रहरी चासो देखाएको थियो । बरामद गरिएको मालसामान बैतुल्लाह भन्ने ब्यापारीको रहेको बुझिएको छ ।
बीओपी ठाढी झिझा(धनौजी) मातहतमा पर्ने फरवार्ड बेस इटहर्बादेखि करीब ५ सय मिटर मात्र टाढा रहेको छ । जहाँबाट बुद्धबार राती १ बजे अबैध कपडा प्रहरीले बरामद गरेको छ । यति नजीक तस्करी गरी ल्याएका कपडा राख्नाले एफओबी इटहर्बाका इन्चार्ज परशुराम उराबको प्रत्यक्ष संलग्नता रहेको शसस्त्र प्रहरी श्रोतको दाबी छ ।
खरियानी नाकाबाट सम्तुल्लाह, बैतुल्लाह, धर्मेन्द्र, कयुब, तुलसी लगायतका तस्करहरुले भारतबाट राती लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनि, चप्पल, गाई गोरु लगायतका मालसामान तथा चौपाया नेपाल ल्याइने गरेको छ । उक्त नाकाबाट तस्करीको लाईन दिनेहरुमा रेल्बे बेस क्याम्प, बैदेहिका इन्सपेक्टर सरोज आचार्य र एफओबी इटहर्बाका इन्चार्ज परशुराम उराब रहेको छ ।
हाल केही दिनदेखि बन्द तस्करीको लाइन बन्द रहे पनि मंसिर महिनाको रकमसमेत इन्पेक्टर आचार्य र सइ उराबले आफनै रिस्कमा उठाई सकेका छन् । जिल्लाले लाईन नखोले पनि बिओपी इन्चार्जहरु आफनै रिस्कमा इनर्बा, जटही र फुलगामाबाट अहिले पनि सेटिङ्गमा तस्करी गराइरहेको छ । बोर्डर आउट पोष्ट फुलगामाका इन्पेक्टर बाबुराम लम्सालले उमेश साह, सुल्तान मियाँ, बिन्देश्वर नायक, फेकन लगायतका ब्यापारीहरुलाई लाईन दिएका छन् ।





