Comments Add Comment

Advertisment

SKIP THIS

रुपन्देहीमा हतियारसहित ३ भारतीय पक्राउ

२० असार , काठमाडौं । रुपन्देहीमा पेस्तोलसहित ३ भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीको गस्ती टोलीले यूपी ५५ एडी ०६४८ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई हतियारसहित पक्राउ गरेको हो ।

भारत सिद्दार्थनगरका ३४ वर्षीय मेदि हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलिलाई पक्राउ गरेको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

हुसेनको दाहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, के एफ नाइन एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै