Comments Add Comment

Advertisment

SKIP THIS

‘डिएसपी हुँ’ भन्दै सुनका बाला लुटेको अभियोगमा एक जना पक्राउ

२३ साउन , काठमाडौ । आफूलाई नेपाल प्रहरीको डिएसपी बताउँदै विदेशबाट फर्किनेहरूको साथबाट सुनका बाला लुटेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारापण–४ बस्ने ३५ वर्षीय सीताराम गुरुङ छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार विदेशबाट सुन बोकेर आउनेहरुलाई गुरुङले आफ्नो सहयोगीमार्फत पिछा गर्न लगाउँथे र उनीहरु चढ्ने ट्याक्सी बीच बाटोमा रोकेर ‘डिएसपी हुँ’ भनेर चेकजाँच गर्ने सुन लुटेर भाग्ने गरेका थिए ।

गुरुङको समूहले ६ ठाउँमा त्यसरी सुनका बाला लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले उनिमाथी थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै