Comments Add Comment

Advertisment

SKIP THIS

बागलुङमा सहज हुँदै रासायनिक मल

२१ असार , काठमाडौँ । बागलुङमा लामो समयदेखिको रासायनिक मल अभावको समस्या समाधान हुने भएको छ । साल्ट टेड्रिङ कर्पोरेशन बागलुङले सोमबारदेखी रासायनिक मल वितरण गर्न थालेपछि मल अभावमा समस्यामा परेका किसानलाई सहज हुने भएको हो ।

नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराएको युरिया मल साल्ट टेड्रिङको गोदाममा आइसकेकाले तत्कालका लागि धान, कोदो तथा मकै बालिको लागि आवश्यक पर्ने सो मल वितरण गर्न लागिएको कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए ।

वीरगञ्ज साल्ट टेडिङ बाट मल आउन शुरु गरेको र यहा पनि करिब दुई गाडी मल भित्रिएको उनको भनाइ छ । रासायनिक मलको मुल्य सम्बन्धित पालिकाले तोके बमोजिम बिक्री वितरण गरिने कर्पोरेशनले जनाएको छ । मल आउने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै