२६ चैत , काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेकामा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

एसपी अधिकारीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी पुरा गर्न पूर्ण व्यवसायिक भई इमान्दारिताका साथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताए । थपिएको नयाँ दर्जामा पदोन्नति भएकोमा गर्वबोध गर्दै आगामी दिनमा संगठनको गरिमा उच्च पार्न थप क्रियाशिल, जिम्मेवार र समर्पित भई सेवा गर्नहुन निर्देशन दिए ।









