Comments Add Comment

Advertisment

SKIP THIS

आजदेखि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

५ माघ , काडमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको संक्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर बुधबारदेखि फेरि दर्शनार्थीका लागि बन्द गरिएको छ ।

यसअघि विसं २०७६ चैत पहिलो साता नेपाल पहिलोपटक कोरोना सङ्क्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । त्यसबेला नौ महिनापछि बन्द गरिएको पुशपतिनाथको दर्शनका लागि २०७७ पुस १ गतेदेखि खुला गरिएको थियो ।

पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा समेत बुधबारदेखि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजा बाहेकका सबै धार्मिक क्रियाकलाप नेपाल सरकारको निर्णय अनुसार बन्द गरिएको उनले बताए ।

अर्को सूचना नभएसम्मका लागि पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत भक्तजनको भीडभाड बढी हुने मन्दिरमा पनि नित्य र नैमित्तिक पूजामात्र गरिने छ । अरु धार्मिक क्रियाकलाप बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

बन्द रहेकाे गड्डाचौकी नाका खुल्यो

हवाई सेवा एक महिनादेखि बन्द

Advertisment