Comments Add Comment

Advertisment

SKIP THIS

रुपन्देही ट्राफिककाे राजस्व घट्याे

२४ असार , काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ ।

अत्याधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरेबापतको राजस्व घट्दो क्रममा छ । २०७८/७९ जेठसम्मको तथ्याङ्क हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो ।

वैशाखको तुलनामा जेठमा २२ हजार रुपैयाँले कमी आएको कार्यालयले जनाएको छ । जेठमा ५३ लाख २५ हजार राजस्व सङ्कलन गरेको थियो । वैशाखमा भने ५३ लाख ४८ हजार उठेको थियो ।

यहाँ सवारीसाधनका चालकलाई गरिने कारबाहीको सङ्ख्यामा पनि कमी आएको छ । चैतमा ६ हजार ७५० चालकलाई कारबाही गरिएको थियो । वैशाखमा ५ हजार ४६९ लाई कारबाही गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जेठमा ५ हजार ४३१ चालकलाई कारबाही गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै