२३ साउन , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार २३१ र ४ हजार ७०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९८७ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७२२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निको हुने दर ९३।६ प्रतिशत रहेको छ ।




