Comments Add Comment

Advertisment

SKIP THIS

मोहना नदीले धान खेतीमा क्षति

२५ असार , काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–९ श्रीलंका बस्तीका खडक विकले १० कट्ठामा धान रोपाई गरेका थिए । धान खेतीबाटै जिविकोपार्जन गर्दै आएका उनको खेतबारीमा भने शनिबार मोहना नदी पस्दा डुबान भएको छ ।

सडक किनाराबाट डुबान भएको खेतबारी देखाउँदै उनले भने –‘कहिले डुबान नहुने खेतबारी मोहना नदीले धार परिवर्तन गर्दा क्षति पुर्याएको छ ।’ उनले मोहना नदीले गत वर्ष असोज कार्तिकमा परेको बेमौसमी वर्षापछि धार परिवर्तन गरेको बताए ।

नदीले विकको मात्र नभई दर्जन बढी व्यक्तिको खेतीयोग्य जमिन डुबानमा पारेको छ । शुक्रबार रातिदेखि कैलालीमा परेको भारी वर्षाबाट मानविय क्षति नभएपनि खेतीयोग्य जमिनहरूमा क्षति पुर्‍याएको छ भने जग्गा कटान गरेको छ ।

‘वर्षा त भर्खर शुरु भएको छ । मोहना नदीले हरेक वर्ष श्रीलंका बस्तीमा रहेका दर्जन बढी घर डुबानमा पर्दै आएको छ,’ स्थानीय स्थानीय दिलबहादुर चौधरीले भने –‘शुक्रबार राति देखि परेको वर्षाले वस्ती विस्थापन गराएको छैन । तर, कुन दिन फेरि घरमा बाढी पस्ने हो भन्ने त्रास रहेको छ ।’

गत असोज कार्तिकमा परेको अविरल वर्षाका कारण दर्जन बढी घरमा मोहना नदी पसेपछि उनी पनि विस्थापित हुनुपरेको स्मरण गरे । ‘मोहना नदीले श्रीलंका टापु क्षेत्रमा रहेको बस्ती जोखिममा रहेको छ,’ उनले भने, ‘विगतमा पनि वर्षा हुँदा हामी विद्यालयमा पुगेर आश्रय लिएका थियौँ ।’

सो बस्ती मोहना नदीले तीन तिरबाट घेरेको छ । ‘होचो जमिनमा बस्ती बसाइएको छ । मोहनामा पानीको बहाव बढ्ने वित्तिकै गाउँमा बाढी पस्छ,’ स्थानीय दिलबहादुर चौधरी भने ‘सानो टापुमा गएर बस्थ्यौँ, बाढीबाट बच्न हामी बस्ने टापुका कारण यो ठाउँको नाम नै ‘श्रीलंका’ रहन गयो ।’

रातिदेखि परेको भारी वर्षाका कारण मोहना नदीले सर्तकता तह पार गरेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहान ६ बजेसम्म मोहना नदीको सतह तीन दशमलब १२ मिलिलिटर पुगेको थियो । अहिले नदी सतह घटेपनि मोहनाले खेतीयोग्य जमिनमा क्षति पुगाएको जनाइएको छ । दिउँसो १२ बजेको अपडेट अनुसार मोहना नदीको सतह घटेर एक दशमलब ७२ मिलिमिटर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै