Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस महामन्त्री शर्माको प्रश्न : प्रधानमन्त्री देउवा ओलीकै बाटोमा किन

२७ असार , काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् ।

बहुमत सदस्यको उपस्थितिमा सवैधानिक नियुक्ति गर्न सकिने प्रावधानसहित संवैधानिक परिषद् सम्बन्धी विधेयक दर्ता गरे पछि महामन्त्री शर्माले प्रश्न उठाएका हुन् । उनले सो विधेयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन्।

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सत प्रतिशत प्रस्ट छौँ हामी’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ, प्रधानमन्त्रीको गम्भीर जबाफदेहिता जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै