Comments Add Comment

Advertisment

SKIP THIS

बाटो खन्ने क्रममा ढुङगाले लागेर १ जनाको मृत्यु

२७ असार , काठमाडौं । ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ आगेपामा स्काईभेटरले बाटो खन्ने क्रममा सडक मुनी खसेको ढूङगाले लागेर १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

आईतवार दिउँसो उक्त स्थानमा सडक खनिरहेको र खनेको ढुङगा माटोलाई सडक भन्दा तल फाल्ने क्रममा सोही फालेको ढुङगाले लागेर पैदल हिडिरहेका सिदिङवा गाउँपालिका-३ भञ्याङका २२ बर्षीय गंगाराम कडरियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको समेत उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment