नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय र नेपाल प्रहरी विशेष सुरक्षा गण निरीक्षण तथा निर्देशन सम्पन्न भएकाे छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय,गगनगौडा कास्की र नेपाल प्रहरी विशेष सुरक्षा गण, बेलचौतारा तनँहुको निरीक्षण गर्नुभएको छ ।
प्रहरी नायव महानिरीक्षक जोशीले उक्त कार्यालयहरुमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारिताका बिषयमा निर्देशन गर्नुभएको छ । निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले कति पनि विचलित नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षकहरुले आ-आफ्नो कार्यालयको प्रहरी गतिबिधिका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।




