२५ साउन ,काठमाडौ । अमेरिकाका कुनै पनि पुरुष एथलेटले ट्र्याकमा व्यक्तिगत स्वर्ण पदक जितेनन् ।
यो ओलम्पिक खेलकुदमै एउटा रेकर्ड हो । पदक तालिकामा धेरै दिन चीनको अग्रता कायम थियो । अमेरिकालाई चीनभन्दा अघि बढ्न अन्तिम दिनसम्म कुर्नु पर्यो । एथ्लेटिक्सको कमजोर प्रदर्शनले नै अमेरिका पछि परेको थियो ।
यस पटक टोकियो ओलम्पिक विगतको भन्दा धेरै अर्थमा फरक रह्यो । पहिलो पटक पाँच वर्षको अन्तर ओलम्पिक भएको थियो । कोरोना महामारीका कारण गत वर्षको नियमित समयमा नभएर यो वर्ष ओलम्पिक भयो ।
यो खेल नै जापानी नागरिकमा कतै महामारीले भयावह रूप लिने हो कि भन्ने चिन्ता थियो । ओलम्पिक खेल्न टोकियो पुगेका धेरै खेलाडीले कोरोना संक्रमणको कारण सहभागिताको अवसर गुमाए । यस ओलम्पिकको अर्को प्रमुख पाटो थियो यही थियो । पहिलो पटक दर्शकविहीन रङ्गशालामा खेल भयो ।
ट्र्याकमा अमेरिकी पुरुष खेलाडीको कमजोर प्रदर्शन यस ओलम्पिकको सबैभन्दा चर्चाको विषय बनेको छ । बोल्ट युगदेखि कम प्रभावी रहेको अमेरिकाको यस पटक प्रभावी देखिने अनुमान गरिएको थियो ।
ओलम्पिक शुरू हुनुभन्दा अघि पुरुषको सय देखि ८ सय मिटरसम्म वर्षको उत्कृष्ट समय अमेरिकी खेलाडीको नाममा थियो । अझ सयदेखि ४ सय मिटर सयसम्म त उत्कृष्ट खेलाडीको होडमा उनीहरूकै प्रतिस्पर्धा थियो ।
परिणाममा भने अर्कै देखियो । सय मिटरमा रजत, २ सय मिटरमा रजत र कास्य जितेको अमेरिकाले ४ सय मिटरमा त पदक नै जित्न सकेन ।







