Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल एयरलाइन्सलाई ओम्नीले तिरेन २ करोड चार्टर्ड उडान भाडा

३१ असार , काठमाडौं । स्वास्थ्य सामग्री खरिद घोटालामा मुछिएको ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलले नेपाल वायुसेवा निगमको २ करोड रूपैयाँ भाडा नतिरेको खुलेको छ । महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले १५ चैत, २०७६मा चीनको ग्वान्झाओबाट चार्टर्ड उडानमार्फत मेडिकल सामग्री ल्याएको कम्पनीले भाडा नतिरेको औंल्याएको छ ।महालेखाले ब्याजसहित १ करोड ८६ लाख ७६ हजार रुपैयाँ भाडा असुल गर्न सिफारिस गरेको छ । ओम्नीले मेडिकल समाग्री आपूर्ति गरेबापतको १ लाख ५४ हजार डलर भाडा तिर्न मानेको छैन ।नेपाल एयरलाइन्स स्रोतका अनुसार तत्कालीन संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू जमानी बस्ने भन्दै दिएको ठाडो निर्देशनमा विमान मेडिकल सामग्री लिन ग्वान्झाओ गएको थियो । महालेखाले अग्रिम रुपमा भाडा नलिई चाटर्ड उडान गराउने पदाधिकारीलाई जिम्मेवार बनाएर सो रकम असुल्न निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै विभागले ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलसँग महँगो दरमा सम्झौता गरेर चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्याएको थियो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएपछि सम्झौता रद्ध भएको थियो । मन्त्रालयले बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै