३२ असार , काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी तथा बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारीताका विषयमा निर्देशन समेत गर्नुभएको छ ।

निरीक्षण पश्चात डिआईजी रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी प्रमुख एसपी राजेन्द्र बाबु रेग्मीले डिआईजी रामदत्त जोशी समक्ष तनहुँ जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन,भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी समेत गराउनुभएको थियो ।






